नायक श्रीकृष्ण श्रेष्ठको निधन



shres

नियतिले डोरी चुडाइ छुटाएर लग्यो
सुखि-खुशी सारा संसार लुटाएर लग्यो
बाँच्ने-मर्ने अर्काको खेल, मान्नै पर्यो हजुर
जे भए नि सम्हालिन, जान्नै पर्यो हजुर !

नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर आएको छ । निर्देशक आकाश अधिकारीका अनुसार उनको गएराती भारतको दिल्लीमा उपचारको क्रममा निधन भएको हो ।

डीप निमोनियाले थलिएका नायक श्रेष्ठको दिल्लीको एपोलो अस्पतालमा उपचार भईरहेको थियो । बिहे गरेलगतै श्रेष्ठ श्रीमति स्वेताको साथमा उपचारका लागि दिल्ली पुगेका थिए ।

केहि दिनमै भेट्न आउँछु भनेका थिए श्रीले । १ महिना मात्र भएको थियो बिवाह गरेको । नियतीले ठग्यो उनलाई । लग्यो सबैबाट छुटाएर ।

केहि दिन अघि अस्पताल बाटै अडियो सन्देश पठाउँदै निको हुन केहि दिन लाग्ने र आफु आउने बताएका थिए श्रीले । चलचित्र प्रिमियर गर्न आउने भन्दा भन्दै नसकेपछि रोकियो । रिलिजको दिन पनि आउन सकेनन् । रिलिज पछि पनि केहि दिनमै आउने भन्दै थिए उनले, तर सबै सपना माटोमा मिल्यो ।

पाँच बर्ष देखि प्रेममा रहेर १ महिना अगाडी मात्र अग्नी साक्षी राखी बिवाह भएको थियो श्री र स्वेताको । हनिमुन मनाउन गएका उनिहरु अब साथै रहन सकेनन् । बिवाहपछिको खूशीमा सिम्ला पुगेका श्री अब फर्केनन् । २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट उनले नेपाली चलचित्रको यात्रा तय गरेका थिए ।

परिवारका सदस्यहरु आजै दिल्ली जाने तयारीमा छन् । श्रीकृष्णको शवलाई आजै नेपाल ल्याइने बताईएको छ । चलचित्रहरु आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाई, पाहुना, कहा भेटिएला जस्ता चलचित्र कसैले बिर्सन सक्दैन । हाल चलचित्र हलमा उनि आँफैले बनाएको चलचित्र ‘कोहिनुर’ प्रदर्शनमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu