शोहितले नीतालाई झ्याप्पै समातेपछि (भिडियो)



neetaठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिका नीता ढुंगानालाई नायक शोहित मानन्धरले झ्याप्पै समातेपछि नीतालाई आपत्त परेको छ । आकर्षक पहिरनमा रहेकी नीतालाई मानन्धरले समात्दा हेर्नेहरुले भने रमाइलो मानेका थिए ।

माथीको रमाईलो प्रसंग एक चलचित्र छायांकनको हो । योगेश घिमिरेको निर्देशनमा शुक्रबारबाट छायांकन सुरु भएको चलचित्र ‘भूलभुलैया’मा नीता र स्वेतको मुख्य भूमिका छ । निक्कै आकर्षक सेट लगाएर छायांकन भैरहेको गीतको प्रतिक्रिया राम्रो पाउनेमा निर्देशक योगेश घिमिरे पनि दंग देखिए ।

वसन्त सापकोटाको संगीतमा तयार भएको गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका थिए । निरज ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहालको लगानी छ । चलचित्र चैत्र १३ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu