फुलपातीबाट पछि नहट्ने ‘एउटा साथी’



euta-sathi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सञ्चारकर्मी लक्ष्मण सुवेदीको डेब्यु निर्देशन रहेको चलचित्र ‘एउटा साथी’को अहिले धमाधम सम्पादन भईरहेको छ । पुतलीसडक स्थित ‘विजीवी’ स्टुडियोमा चलचित्रको सम्पादनामा व्यस्त अवस्थामा भेटिएका निर्देशक सुवेदीले ८० प्रतिशत भन्दा बढी काम सकिएको जानकारी दिँदै छिट्टै नै सम्पादन सकाएर प्रचार-प्रसारलाई तीब्रता दिने सोचमा रहेको बताए ।

चलचित्र ‘एउटा साथी’ फुलपातीमा अलनेपाल रिलिज हुने यसअघी नै घोषणा गरिसकिएको छ । ‘ईडिटिङ सकाएर अहिलेसम्मकै फरक पब्लिसिटीका साथ दर्शकमाझ आउने सोचमा रहेका छौं’ सुवेदीले ठुलोपर्दा डटकमसँग भने, ‘फुलपातीको तीन दिन अगाडी चलचित्र आउनेमा विश्वस्त हुन सबैमा आग्रह गर्छु।’

सुशिल पंगेनीको कथामा तयार यो चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, करिष्मा श्रेष्ठ, शिशिर भण्डारी, अलिशा खड्का, रेन थापा लगायतकारुको कलाकारहरुको साथमा सोभित बस्नेत र अभिनेत्री अनु शाहको पनि बिशेष अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu