राजनीतिको आडमा भारतमा बेचिने चेलीको कथा ‘कोहिनुर’



aakash-rekha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘श्रीकृष्ण श्रेष्ठको सविनय भेट’ भन्दै चलचित्र ‘कोहिनुर’ आजबाट देशभरका हलमा लागेको छ । निमोनिया लागेपछि दिल्लीमा उपचार गराइरहेका श्रीकृष्ण र नायिका स्वेता खड्काको अनुपस्थिती मै राजधानीस्थित कुमारी हलमा शुक्रवार विहान नै चलचित्रको बिशेष शो पनि गरियो ।

केही पत्रकार र चलचित्रकर्मीहरुलाई बोलाइएको प्रिमियरमा चलचित्रका निर्देशक आकाश अधिकारी, चलचित्रका केहि अन्य सदस्यहरु, नेपाली चलचित्रकी नायिका रेखा थापा लगायतको सहभागिता थियो । ‘चलचित्र साह्रै राम्रो बनेको छ’ चलचित्र हेरिसकेपछि नायिका रेखाले छोटो प्रतिक्रिया दिइन् ।

नायक श्रीकृष्णल आफु बिरामी भएका कारण चलचित्रको प्रमोशन गर्न नपाउँदै चलचित्रको रिलिज भएको हो । तर श्रीकृष्णले नेपाली दर्शकका लागी सम्बोधन गरिएको अडियो नेपाल पठाएका थिए जुन संचारमाध्यम मार्फत सार्वजनिक भइसकेको छ ।

‘कोहिनुर’ ले एउटा सामाजिक समस्यालाई उठाएको छ । ‘कोहिनुर’ ले चेलिबेटी बेचविखनको समस्यालाई उठाएको छ । राजनितीको आडमा गरिने सामाजिक अपराधलाई पनि चलचित्रले बोल्न खोजेको छ ।

भारत र नेपाल दुवै स्थानमा छायांकन गरिएको यस चलचित्रमा श्री-स्वेता मूख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu