दर्शकको लागि श्रीकृष्णले अस्पतालबाटै पठाए कारुणिक सन्देश



kohinoor-shree-sweta

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
डिप निमोनिया भएपछि भारतको नयाँदिल्ली स्थित एपोलो अस्पतालमा उपचार गराईरहेका नायक श्रीकृष्ण श्रेष्ठले दर्शकको लागि अडियो सन्देश पठाएका छन् । बोल्न गाह्रो हुँदा-हुँदै पनि उनले साउन २३ गते रिलिज हुने चलचित्र ‘कोहिनुर’ आफ्नो सपना भएको बताउँदै अघिल्लो चलचित्र ‘कहाँ
भेटिएला’लाई जस्तै माया गरिदिनुहुन आग्रह गरेका छन् ।

चलचित्रलाई आफ्नो सम्झेर हेरिदिनुहुन आग्रह गर्दै श्रेष्ठले दर्शकमाझ बसेर चलचित्र रिलिज गर्ने आप्नो सपना पुरा नभएको बताएका छन् । यद्यपी निर्देशक आकाश अधिकारीले उक्त कुराको अनुभव हुन नदिने भाव उनले दर्शाएका छन् ।

नायिका स्वेता खड्कासँग बिहे लगत्तै उनि बिरामी परेर एकाएक सम्पर्क बिहिन भएका थिए । सुरुमा आरामको लागि भनिएपछि पछि निमोनिया पत्ता लागेको थियो । श्री-स्वेता सकेसम्म रिलिज अगाडी नै नेपाल आउने कोशिस गरेपछि असफल भएका छन् ।

अडियो सुन्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu