ठगी पेशामा संलग्न सुवास थापा | ‘बिर्खेलाई चिन्छस’ ट्रेलर सार्वजनिक



birkhe

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भदौ २० बाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘बिर्खेलाई चिन्छस’को नयाँ अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर हेर्दा नै चलचित्र रोमान्टिक बनेको अनुमान लगाउन सकिन्छ । जहाँ चलचित्रले समेटेका खास दृश्यलाई समेट्ने प्रयास गरिएको छ। नायक सुवास थापा ठग बनेर निस्किएको अनुमान लगाउन सकिन्छ ।

अराज केशवको डेब्यु निर्देशनमा तयार यो चलचित्रमा सुवास थापा, बिनिता खड्का, आयुषा राईको मुख्य अभिनय रहेको छ । चलचित्रका निर्माता पनि सुवास नै हुन् । चलचित्रमा मोहित मुनालको संगीत, जगदीश्वर थापाको पटकथा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu