‘रामलिला’मा जिवन र बर्षाको रोमान्स !



jiwan-and-neeta-on-ramlila

पछिल्लो समय वलिउडका सफल चलचित्रको नाम लिएर नेपाली चलचित्र निर्माणको क्रम बढ्दो छ । यहि क्रममा वलिउडमा सफल मानिएको एक चलचित्र ‘रामलिला’को नाममा नेपाली चलचित्र बन्ने भएको छ ।  अभिनेता जीवन लुईंटेल र ‘नाई नभन्नु ल-२’ डेब्यु अभिनेत्री बर्षा शिवाकोटीले  ‘रामलिला’मा रोमान्स गर्ने भएका छन् । बिहिवार निर्माण घोषणा गरिएको आर वि के शरदले निर्देशन गर्ने यो चलचित्रमा यो जोडीले अनस्क्रिन रोमान्स गर्ने छ ।

चलचित्रको निर्माण घोषणा कार्यक्रममा बोल्दै जीवनले वलिउडको ‘रामलिला’ले जस्तै धुम मच्चाउने आशा स्वरुप यो चलचित्रमा अनुबन्धित भएको बताए । त्यस्तै पहिलो पटक लिड रोलमा देखिन लागेकी बर्षाले ‘नाई नभन्नु ल-२’ को प्रोमोमा मात्रै जीवनसँग देखिएको भए पनि करियरको सुरुवातमा नै जीवन लुईटेलसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै जतिसक्दो राम्रो काम गरेर देखाउने बताईन् ।

चलचित्रमा मधुसुदन ढकाल लगायतको लगानी हुनेछ । ‘शिशा’ चलचित्रको निर्माण युनिटले नै बनाउन लागिएको भनिएको यो चलचित्रमा अन्य कलाकारहरु भने को-को हुनेछन् त्यो भने खुलाईएको छैन् । चलचित्र ‘नन-स्टप क्रियशन’को ब्यानरमा तयार हुनेछ । ‘शिशा’ चलचित्रको प्रेस मिट भन्दै पत्रकारलाई डाकिएको कार्यक्रममा ‘रामलिला’ को घोषणा गरिएको हो । चलचित्र बलिउडको ‘रामलिला’सँग मेल खाने स्टाईलमा नै बन्न लागिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu