‘ठूली’ स्वच्छ प्रतिस्पर्धा चाहन्छे !



thooli

ठुलोपर्दा डटकम, काठमाडौं ।

‘प्रतिस्पर्धा सँधै स्वस्थ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यसैले ‘ठूली’ चाहे जुनसुकै चलचित्रसँग भिड्न परोस्, मात्र स्वच्छ प्रतिस्पर्धाबाट आउन चाहन्छे’ आगामी भदौ ६ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘ठूली’का निर्देशक एभरेष्ट सुर्य बोहराको भनाई हो यो ।

यही मितिमा अन्य दुई चलचित्र पनि प्रदर्शनमा आउने तयारीमा रहिरहँदा निर्देशक बोहराले प्रतिस्पर्धा नै गर्दा पनि सबैले स्वस्थ प्रतिस्पर्धा गरेर दर्शक माझ आउनुपर्ने बताएका हुन् । वितरकहरुबाट तथा निर्माता निर्देशकहरुबाट राजनीतिक शैलीमा हल वर्गिकरणका कुरामा समेत हल सञ्चालकहरुलाई फोन नै गरेर आफ्नो चलचित्र बाहेक अन्य चलचित्र प्रदर्शनमा नल्याउनु भन्ने सम्मक दबाब पुगेको खबर आफुसम्म आएको दाबी गर्दै उनले प्रतिस्पर्धी चलचित्र युनिटलाई अस्वस्थ प्रतिस्पर्धाको पछी नलाग्न आग्रह गरे ।

कसैले ‘तँ’ र ‘म’ भन्नु भन्दा पनि सिनेमा चल्नको लागी दर्शक मात्रै महत्वपुर्ण कुरा भएकोले कुन चलचित्र कस्तो बनेको छ र कसले कस्तो व्यवहार देखाएर हलसम्म आएको छ भन्ने मुल्यांकन दर्शकले नै गर्ने पनि बोहराको दाबी छ ।

‘मुटु’ पछी छोटो समयमा नै ‘ठूली’ मार्फत दर्शकमाझ आउँदै गरेका बोहरा निर्देशित यो चलचित्रलाई पुष्कर पन्तले निर्माण गरेका हुन् । चलचित्रमा गरिमा पन्त र जीवन लुईँटेल लिड रोलमा छन् । चलचित्रमा बसन्त सापकोटाको संगीत छ ।

नेपाली समाजमा विद्यमान महिला माथीको दमन र अत्याचारको बिषयमा बनेको यो चलचित्रले समाजमा नारी आवाज सशक्त बनाउन मद्दत गर्ने निर्माण युनिटले बताएको छ । महिलाप्रधान चलचित्र भएकोले नै चलचित्रको छायांकन सकिँदाको समयमा नै चलचित्र तीजको छेकोमा प्रदर्शनमा ल्याउने घोषणा निर्देशक बोहराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu