जातिय छुवाछुतमा आधारित ‘सुनपानी’ तयार



sunpani

ठुलोपर्दा डटकम , काठमाडौँ ।
अढाई दशक देखि नेपाली फिल्ममा कार्यरत निर्देशक तथा कलाकार सबिन बास्तोला ‘गिरधारी’को निर्देशनमा बनेको फिल्म ‘सुनपानी’ प्रदर्शनको लागि तयार भएको छ । गुञ्जन एण्ड कुसुम फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको फिल्मले मुलुकमा विद्यमान सामाजिक असमानता, जातिय छुवाछुत, रुढीवादी, वर्गीय असमानता लगायतका कुरुतिलाई जस्ताको तस्तै पर्दामा उतारिएको निर्देशक सबिनको दाबी छ ।

फिल्ममा शिर्ष पात्र गंगाधर पण्डितको भूमिकामा निर्देशक स्वयंले अभिनय गरेका छन् भने अछुत परिवारको भूमिकामा अग्रज के.सी., तारा के.सी. र आशाभुषाललाई देख्न सकिन्छ । यसबाहेक फिल्ममा चेतबहादुर सिंह ‘राजा’, नीशा शाह, दिलिप तामाङ, बुद्धिसागर खनाल, स्वस्तिका लामिछाने र नविन तिम्सिनाले पनि अभिनय गरेका छन् ।

चेतबहादुर आफै निर्माता रहेको फिल्ममा रोशन बास्तोला, अलस्का सिंह र मञ्जु सिंह कार्यकारी निर्माता, प्रकाश तिवारी र बुद्धिसागर खनाल सह–निर्माता रहेका छन् । फिल्ममा सबिनकै कथा, लक्ष्मण लम्साल र सबिनको पट्कथा-संवाद, गणेशकुमार श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, राज सरगमको लेखन सहयोग, बिमलराज क्षेत्री र देबी घर्तीको गायन रहेको छ । निर्माता चेतबहादुरका अनुसार फिल्मलाई चाँडै नै अंग्रेजीमा सबटाइटल राखेर अन्तर्राष्ट्रिय प्रदर्शनमा पनि लगिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu