ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भदौ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ताण्डव’ले प्रमोशनका डिजिटल गेम अगाडी ल्याएको छ । गेम खेल्नको लागी चलचित्रको ओरिजिनल पोस्टर र अर्को पोस्टरमा फिल्मबारे खाली राखिएका स्थानमा ड्रयाग गरेर सूचना भर्नुपर्ने हुन्छ ।
गेममा रिलिज डेट, कलाकारको अनुहार, फिल्मको नामलगायतका कुरा भर्नुपर्नेछ । मुर्रे केर निर्देशित सिनेमाले पछिल्लो समय पब्लिसिटीलाई तीव्रता दिएको छ । स्म्यासिङ एप्पलको यो सिनेमामा आशिष राना ‘लाउरे’, नम्रता श्रेष्ठ, अनुप बराललगायतको अभिनय छ । चलचित्रलाई मोहन डोटेलले निर्माण गरेका हुन् ।
गेम यहाँ खेल्नुहोसः