कोहिनुर पत्रकार सम्मेलनमा बिरामी श्रीकृष्णलाई सम्झेर आकाश भक्कानिए



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मानिसको जीवनमा कतिपय त्यस्ता सम्झनाहरु हुन्छन जुन चाहेर पनि बिर्सिन सकिदैन् । मनमा अमिट छाप बसेर रहने यादहरु सँधै ताज बनिरहन्छन्, अनि सम्झनामा आईरहन्छन् । आइतवार निर्देशक आकाश अधिकारीलाई यस्तै भयो, चलचित्र ‘कोहिनुर’को पत्रकार सम्मेलनमा चलचित्र छायांकनको दौरानका तथा अभिनेता श्रीकृष्ण श्रेष्ठसँगका पल सम्झिँदा आकाश एक्कासी भावुक बन्न पुगे ।

चलचित्रले समेटेको पक्षसहितका केहि जानकारीहरु दिँदै गर्दा ‘ड्यास’मा ‘माईक’ समाएर बोल्दै गरेका निर्देशक नै जब भावुक बने तब कार्यक्रमको माहोल नै मौन बनेको थियो । चलचित्रको सुरुवाती देखी अहिलेसम्मका श्रीकृष्णसँगको सहकार्यतासँग श्रीकृष्णको स्वास्थ्य जोडिएर आउँदा आकाशलाई खप्न गाह्रो परेको थियो । कार्यक्रममा निर्माता तथा नायाक श्रीकृष्ण र नायिका स्वेता अनुपस्थित थिए ।

aakash-adhikari-kohinoor

स्वेतासँग भर्खर बैवाहिक बन्धनमा बाँधिएका श्री बिहेकै दिनबाट हलुका बिरामी परेका थिए । केहि दिनपछि कसैलाई खबर नगरी श्री-स्वेता उपचारको लागि नेपाल बाहिर गएका थिए । हाल स्वास्थ्यमा सुधार आईसकेको र अर्को हप्ता नेपाल आई चलचित्रको प्रचार-प्रसारमा जुट्ने निर्देशक अधिकारीले बताए । प्रेसमिटमा उनीहरुको अभाव खड्किन नदिन कार्यक्रम हलमा श्री र श्वेताको तश्विर झल्किने थुप्रै पोष्टरहरु टाँसिएको थियो ।

आकाशले चलचित्र हरेक कोणबाट स्तरिय बनाउने प्रयास गरेक भन्दै निर्धारित मितिबाट पछी नसर्ने भन्दै हलमा आएपछी एकपटक हेरेर कमेन्ट गरिदिन आग्रह गरे । चलचित्र आउँदो श्रावण २३ मा अलनेपाल रिलिज हुनेछ ।

‘कोहिनुर’मा श्री र श्वेतासँगै मिथिला शर्मा, मुकुन्द श्रेष्ठ, सुनिल कटुवाल, सम्राट सापकोटा, रमेश अधिकारी, गोपाल अर्याल, सुरेश अधिकारी र केही भारतीय कलाकारहरुले अभिनय गरेका छन् ।
चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी तथा शम्भुजित बास्कोटाको संगीतमा डा. कृष्णहरी बरालका शब्द रहेका गीतहरु समावेश छन् । उदित नारायण झा र सोनु ककरको स्वर रहेका चलचित्रका गीतहरु मध्ये एक गीत निर्देशक स्वयंम अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu