भनाई र आरोप फिर्ता लिएपछि पत्रकार र प्रियांकाबीचको विवाद टुंगियो



priyanka
Photo: Priyanka Karki’s facebook page

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पत्रकारलाई अनावश्यक लाञ्छाना लगाएर फेसबुकमा स्टाटस लेखेर विवादमा आएकी अभिनेत्री प्रियंका कार्की र चलचित्र पत्रकारबीचको विवाद टुंगिएको छ । पत्रकारिताको मर्यादामा नै आँच आउने किसिमले सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै चलचित्र पत्रकार तथा ठुलोपर्दा डटकमका सञ्चालक जिवन पराजुलीले चलचित्र पत्रकार संघमा कार्कीलाई कारवाहीको माग गर्दै निवेदन दिएपछी यो विषय थप चर्चामा आएको थियो । यो ममिलामा पराजुलीलाई साथ दिँदै सम्पुर्ण चलचित्र पत्रकारहरुले कार्कीको जवाफ मागेका थिए ।

सुरुमा पत्रकारलाई नै गाली गलौज गर्दै स्टाटस लेखेर ईडिट गर्दै अन्त्यमा हटाएकी कार्कीले आईतवार चलचित्र पत्रकार संघलाई सम्वोधन गर्दै लेखेको पत्रमा तत्कालिन अवस्थामा आवेगमा आफुले सो स्टाटस राखेको र प्रेसको सम्मान गर्दै स्टाटस हटाएर अभिव्यक्ति फिर्ता लिएका कारण जनाएकोले अभिनेत्री कार्कीसँगको विवाद टुङ्गिएको संघद्वारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।

उनले लेखेको पत्रको केहि अंशः
priyanka-letter

पत्र मार्फत कार्कीले सञ्चारकर्मी तथा पत्रकार साथीहरुसँग मेरो सम्बन्ध सधै राम्रो रहिआएको र आउदो दिनहरुमा पनि यो सम्बन्ध कायमै राख्नको लागि, अन्य सुभचिन्तकहरुको सुझाव पछी उक्त स्टाटस सम्मान पुर्वक हटाएको बताउँदै कलाकार र पत्रकारको सहकार्य र मेलमिलापले नै चलचित्र उद्योग विकासको पथमा लम्किने भएकोले, हाम्रो सहकार्य सधै रहिरहोस भन्ने कामना समेत गरेको बताएकी छिन् ।

केहि समय अगाडी चलचित्र ‘नाई नभन्नु ल २’को सक्सेस सेलेब्रेसन कार्यक्रममा पुग्दा वार्डरोप मालफङ्सनको सिकार बनेकी प्रियंकाको यो विषयको समाचार मिडियामा आएपछी उनले पत्रकारलाई गाली गर्दै र फोटोसपबाट फोटो बनाएको झुट आरोप लगाउँदै फेसबुकमा स्टाटस लेखेकी थिईन । त्यसको विरोधमा सम्पुर्ण चलचित्र पत्रकार लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu