छविको ब्यानरमा पुनः शिल्पाको संकेत | ‘लंका २’ बन्ने



chhabi-shyam-shilpa

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
विभिन्न कारणले आफूले निर्देशन गरिरहेको रेखा थापाको चलचित्र ‘हिम्मतवाली’बाट टाढा भएका श्याम भट्टराईलाई रेखाका पूर्वपति छवि ओझाले काखी च्यापेका छन् । श्यामको आफ्नै निर्माणमा बनेको ‘लंका’को सिक्वेल चलचित्रमा छविले लगानी गर्ने भएका छन् ।

‘लंका’मा रेखा मूख्य पात्र थिइन तर यसको सिरिजमा भने रेखाको संभावना शुन्य छ । श्याम र छवि दुवैसँग रेखाको सम्बन्ध बिग्रिएको छ । छविका लगातार दुई चलचित्रमा नायिका बनेकी शिल्पा पोखरेल नै ‘लंका २’की नायिका बन्ने संभावना देखिएको छ । शिल्पालाई आँफैले चलचित्रमा डेब्यू गराएका छविले ‘लज्जा’ र ‘हवल्दार सुन्तली’मा शिल्पालाई नायिका बनाएका छन् । यि दुवै चलचित्र रिलिज भएका छैनन् । लज्जा कात्तिक ७ देखि र हवल्दार सुन्तली चैत्र २८ मा प्रदर्शन हुादैछ ।

मूख्य कलाकारको टुंगो नलागेको भएपनि हिरोइन केन्द्रित चलचित्र बन्ने श्याम भट्टराईसँगको सम्झौता पश्चात छविले भनेका छन् । तिहार पछि फ्लोरमा जाने तयारीका साथ लंकाको काम अगाडी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu