बिर्खेले दलहरुसँग संविधान माग्ने !



birkhe

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भदौ २० गतेबाट अलनेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बिर्खेलाई चिन्छस्’ले दलहरुसँग संविधान माग्ने भएको छ । बिर्खे आम नेपालीको एक प्रतिनिधी पात्र रहेकोले संविधान विहिन बनिरहेको अवस्थामा सांकेतिक विरोध स्वरुप संविधानको माग गर्दै पैदल यात्रा गर्न लागेको चलचित्रका निर्माता तथा अभिनेता सुवास थापाले बताए ।

यहि श्रावण १८ गते चलचित्र ‘बिर्खेलाई चिन्छस्’को निर्माण टिमको आयोजनामा माईतिघर मण्डलाबाट संसद भवनसम्म शान्तिपुर्ण पैदल यात्रा हुनेछ । भने संसद भवन पुगेपछी कोणसभा समेत हुनेछ । ‘बिर्खेलाई संविधान देउ’ भन्ने प्लेकार्ड सहित हुने सो पैदल यात्रामा विभिन्न रंगकर्मी, कलाकर्मी, साहित्यकार सहित आम नागरिकहरुको सहभागिता हुने थापाले जानकारी दिए ।

चलचित्र प्रदर्शनको मुखमा आउँदै गर्दा नयाँ नयाँ ‘प्रचार विधी’हरु अपनाउने तरिका स्वरुप यो कार्यक्रम आयोजना गर्न लागिएको हो । यो लगत्तै चलचित्रको निर्माण युनिट प्रचार-प्रसारको लागी उपत्यका बाहिर लाग्नेछ ।

अराज केशव निर्देशित यो चलचित्रमा सुवाससँगै आयुषा राई, बिनिता खड्का, सुरेश उप्रेती लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा आम नागरिकको परिचय बोकेको पात्र ‘बिर्खे’को भुमिकामा सुवास थापा प्रस्तुत हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu