सबैले हेर्न पाउने ‘स्टुपिड मन’



stupid mann

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आफ्नो जीवनको लक्ष्य बिर्सिएर प्रेमको पछाडी लाग्ने युवायुवतीहरुको अवस्थालाई चित्रण गरिएको चलचित्र ‘स्टुपिड मन’ले सबैले हेर्न मिल्ने (यूनिभर्सल) प्रमाणपत्र पाएको छ । शुक्रवार चलचित्र जाँचबुझ समितीले उक्त प्रमाणपत्र प्रदान गरेको हो । एक शब्दमा आवाज शुन्य (Mute) गरि प्रमाणपत्र दिईएको हो ।

सम्पूर्ण छायांकन थाइल्याण्डमा गरिएको यो चलचित्र भाद्र २३ गते देशैभर प्रदर्शन हुँदैछ भने अन्य केहि मुलुकमा छुट्टाछुट्टै मितिमा प्रदर्शन हुँदैछ । नायक निरज बराल निर्मित चलचित्र ‘स्टुपिड मन’लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

चलचित्रमा जीवन लुईँटल, चाँदनी शर्मा, निरज बराल, रिजु श्रेष्ठ तथा मार्टिन खान मुख्य भुमिकामा छन् । चलचित्रलाई रंगपत्रकार सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । चलचित्रमा विवेक शाही निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu