कसलाई जिउँदै जलाउँदै छन् अनुप ?



anup-baral-tandav

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भदौ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ताण्डव’को नयाँ प्रोमो रिलिज गरिएको छ । मुख्य पात्रहरुलाई झल्याक-झुलुक देखाईएको सार्वजनिक प्रोमो हेरेपछी त्यहाँ समावेश संवादहरुले चलचित्रमा केहि रहस्यात्मक कुरा समेटिएको भान हुन्छ ।

प्रोमोमा अभिनेता अनुप बरालले जिउँदो मानिसलाई जलाएको दृश्यले कठोर चरित्र दर्शाएको छ । लाउरे र नम्रताको संवादले प्रेमलाई झल्काउँछ ।

बेलायती निर्दशक मुर्रे केर निर्देशित यो चलचित्र स्म्यासिङ् एप्पलको ब्यानरमा तयार भएको हो । नम्रता श्रेष्ठ, र्‍यापर लाउरे, एलेन गुरुङ, अनुप बराल लगायतले अभिनय गरेको यो चलचित्रमा मोहन डोटेलको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu