चलचित्र फ्लप भए तरकारी पसल गर्ने निर्देशकको ठोकुवा



laya-sangraula

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
निर्देशक लय संग्रौलाले आफ्नो चलचित्र फ्लप भए तरकारी पसल गरेर बस्ने ठोकुवा गरेका छन् । मंगलवार राजधानीमा आफ्नो नयाँ प्रोजेक्ट ‘लोग्ने मान्छे’ को निर्माण घोषणा गर्दै निर्देशक संग्रौलाले यो चलचित्र तयार भएर हलमा आएपछि नचालेमा कालिमाटीबाट तरकारी ल्याएर त्यसैको व्यापार गरेर बस्ने बताए ।

पारिवारिक घटनाक्रमलाई जोडेर श्रीमान अनि श्रीमतीको द्वन्दले निम्त्याउने असन्तुलनलाई जोडेर तयार हुन् लागेको यो चलचित्रमा उत्तम केसी र प्रदिप मित्तल र मदनगोपाल सुब्बाको लगानी छ । चलचित्रमा पुराना नायक दिलिप रायमाझीसँगै नन्दिता केसीको साथमा अनुस्का गुरुङको मुख्य अभिनय रहनेछ ।

चलचित्रको शुभ मुहर्त भने श्रावण २२ गते झापामा गरिने छ । यो चलचित्रलाई कृष्ण श्रेष्ठले खिच्ने छन् । भने नृत्य कविराज गहतराजको रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu