मिका सिंहले गीत गाउँदा सभ्य हुने नाम अरुले गाउँदा कसरी भल्गर ?



Rachana

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भारतिय चर्चित गायक मिका सिंहले गीत गाउने भनिए पनि अन्ततः यो प्रयास सफल हुन नसकेपछी ‘थ्री रुम पार्टनर’ नाममा सुटिङ सकाएको चलचित्र पोष्ट प्रोडक्शनमा पुग्दा नाम परिवर्तन भएको छ । एडी उज्जल निर्मित तथा लक्ष्मण सुनार निर्देशित चलचित्र अन्ततः विकास वोर्डमा ‘तरङ्ग’ नाममा दर्ता भयो ।

निर्माता उज्जलले भने धैरैले ‘भल्गर’ ठानेकोले अनि मिकाको नामको गीत समावेश गर्न नसकेकोले नाम ‘तरङ्ग’ बनाउनु परेको बताए । मिका सिंहकै स्वर रहने गीत सहित ‘थ्री रुम पार्टनर’ नाममा नै अर्को चलचित्र समेत बनाउने दाबी उनले गरेका छन् । जुन चलचित्रको सुटिङ भदौको अन्तिमबाट सुरु हुने उनको दावी छ ।

बहालमा कोठा लिएर बस्ने युवा विद्यार्थीको कथालाई जोडेर तयार यो चलचित्र ओम डेन्जर इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा बनेको हो । चलचित्रमा मौसम कार्कीको पनि लगानी छ ।

Rachana1
यो चलचित्र मार्फत ‌’प्लस टु’ मा अध्ययनरत किशोरी रचना लामाले नेपाली रजतपटमा डेब्यु गर्दैछिन भने रचनासँगै मौसम कार्की, ए.डि. उज्जल, ओम क्षेत्री, लक्ष्मण भण्डारी, भुवन भुजेल, चन्द्र बिडारी, अजय अर्याल लगायतका कलाकारको अभिनय रहनेछ । भने अभिनेत्री बिनिता घिमिरे पनि अतिथी कलाकारमा छिन् ।

पोष्ट प्रोडक्शनमा व्यस्त ‘तरङ्ग’ युनिटले छिट्टै नै सबै काम सकाएर चलचित्रलाई दर्शकमाझ ल्याउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu