सुष्मा कार्की र सोनिया शर्मालाई अभिनयको चिठ्ठा



soniya-susma

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
निर्देशक वेदप्रसाद भुर्तेलका कुनै पनि सिनेमा प्रदर्शनमा आएका छैनन् । तर उनी एक साथ ५ चलचित्रको काममा व्यस्त छन् । उनले ‘कुर्वान’, ‘संजोग’, ‘भित्ती’, ‘शीत’ र फेरि भेटौला’मा एकसाथ काम गरिरहेका छन् ।

चलचित्र ‘संजोग’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउ“दैछ । यो चलचित्रलाई उमेश उप्रेती र रोशन उप्रेतीले निर्माण गरेका हुन् । चलचित्रमा सुष्मा कार्की, सविन श्रेष्ठ र प्रज्वल गिरीको मुख्य भूमिका छ ।

यस्तै चलचित्र ‘भित्ती’मा मौसम तामाङको लगानी छ । चलचित्रमा प्रज्वल गिरी, सोनिया शर्मा र निर्देशक भुर्तेलकै अभिनय छ । चलचित्र ‘कुर्वान’लाई प्रेम तामाङ र राकेश गिरीले निर्माण गरेका हुन् । चलचित्रमा अभय चन्द, प्रज्वल गिरी, सोनिया शर्मा, जैना कुँवर, राकेश गिरीको अभिनय छ ।

यस्तै यतिबेला २ चलचित्रको गीत रेकडिङ कार्य अगाडि बढेको निर्देशक भुर्तेलले जानकारी दिए । जसमा श्याम मगरको लगानीमा ‘शीत’ र खगेन्द्र उप्रेतीको लगानीमा ‘फेरी भेटौला’ निर्माण हुँदैछ । चलचित्र ‘फेरि भेटौला’मा दिलकृष्ण श्रेष्ठ र प्रज्वल गिरीको अभिनय रहने पक्का भैसकेको छ । भुर्तेलले सिनेमा बनाउँदा नायिका सुष्मा कार्की र सोनिया शर्मालाई भने चिठ्ठा नै परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu