डान्सबारमा हट लक्ष्मीसँग जिवनको मस्ती



jiwan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
साउन २३ गते रिलिज हुने आर.बी.के.‘शरद’को निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको छ । लक्की सिटौलाको स्वर तथा संगीत रहेको यो गीतको भिडियोलाई कमल राइले कोरियोग्राफी गरेका हुन् । सार्वजनिक यस गीतमा जीवन लुईँटेल र लक्ष्मी बस्नेत मूख्य भूमिकामा देखिएका छन् ।

चलचित्रमा जीवन लुइटेल, निर्मल सेञ्चुरी, उमा बेबी, रागिनी खड्गी, शान्ती गिरी, दीपेश भण्डारीको मुख्य भूमिका छ । यो सिनेमाको अधिकांश दृश्य सिक्किममा छायांकन गरिएको छ । चलचित्रमा मधुसुधन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको लगानी छ ।

चलचित्रले जीवन शीशा जस्तो हो भन्ने भाव बोकेको छ । चलचित्रको निर्माणपक्ष सिनेमा चल्ने पूर्ण विश्वस्त देखिएको पाइन्छ । चलचित्रमा भारतीय फूटबल टिमका पूर्व कप्तान भाइचुङ भूटियाले पनि विशेष भूमिका निर्वाहा गरेका छन् । उनको उपस्थितीलाई पनि चलचित्रमा विशेष रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu