चलचित्र निर्दशक समाजको साधारणसभामा खैलाबैला, बन्दसत्र भदौ ७ सम्मलाई स्थगित



nirdeshak samaj andolan

बैकुण्ठराज पराजुली, काठमाडौं । उद्घाटन समेत राम्रोसम्म हुन नपाउँदै चलचित्र निर्देशक समाजको साधारणसभा भदौ ७ गतेसम्मको लागी स्थगित भएको छ । शुक्रवार चलचित्र विकास वोर्डको सभाहल चावहिलमा उद्घाटन भएको साधारणसभालाई असन्तुष्ट निर्देशकहरुले रोक्न दबाब दिएपछी अन्ततः साधारणसभा औपचारिक रुपमा बन्दसत्रमा प्रवेश गर्न सकेन् ।

नविकरणको प्रक्रियामा हालको नेतृत्वले मनलाग्दी गरेको र आफ्ना मान्छेहरुको मात्र सदस्यता नविकरण गरेको भन्दै असन्तुष्ट पक्षले साधारणसभा चलिरहेको समयमा मञ्च कब्जा गरेपछी करिव डेढ घण्टा भाँडभैलो मच्चिएको थियो । केहि महिना पहिला कार्यसमितिबाट राजिनामा दिएको तत्कालिन महासचिव ऋषी लामिछाने सहितका निर्देशकहरुले दिनेश डिसी नेतृत्वको हालको कार्यसमिती अवैधानिक रहेको तथा निर्देशक समाजको विधी र विधान विपरित मनलाग्दी निर्णय गर्दै हिँडेको आरोप लगाउँदै सभा चलिरहेक समयमा नै मञ्चमा पुगेर बिथोलेका थिए ।

nirdeshak samaj sadharn sava

यसअघी कारवाहिमा परेका निर्देशकहरुलाई विशिष्ट पद दिईनु, राजिनामा आएकै भरमा रिक्त पदमा मनलाग्दी नियुक्ती गर्नु, नविकरणको प्रक्रियामा सबैलाई खबर नै नगर्नु अनि २ सय ७० जना साधारण सदस्य रहेको समाजमा जम्मा ६४ जनाको मात्र नविकरण हुनु सबैमा अहिलेको कार्यसमितीको एकलौटीपना हावी भएको असन्तुष्ट निर्देशकहरुको तर्क छ ।

समाजमा पुर्व महासचिव एम.एस. अग्रजले निर्देशकहरुबीच नै फुट र बिखण्डन ल्याउने प्रकृया स्वरुप अहिलेको कार्यसमिती लागिरहेको आरोप लगाए । त्यस्तै निर्देशक डब्बु क्षेत्रीले आफुले सदस्यता नविकरणको प्रक्रिया पुरा गर्दा पनि नाम नआउनुको पछाडी डिसी नेतृत्वको कार्यसमितीको मनलाग्दीपना हावी रहेको र राजनीतिक बहानामा आफ्नो मान्छेहरुको मात्र नामावली नविकरण गर्नेहरुको सुचीमा चढाएको आरोप लगाए ।

samman for bikas acharya

कार्यक्रमको सुरुवातमै चलचित्र निर्देशक विकास आचार्यलाई यो बर्षको ‘पपुलर निर्देशक अवार्ड प्रदान गरियो । ‘नाई नभन्नु ल-२’ निर्दशक आचार्यलाई समाजले सफल चलचित्र पस्किन सकेकोमा सम्मान तथा कार्यकुशललाको मुल्याँकन गर्दै ‘पपुलर निर्देशक’ को अवार्ड दिइएको हो । कार्यक्रममा अनुपस्थित भएपछी ‘नाई नभन्नु ल-२’ का निर्माता तथा कलाकार उत्तम केसीले आचार्यको अवार्ड थापेका थिए ।  यस लगत्तै खैला-बैला सुरु भएको थियो ।

यसैबीच समाजका अध्यक्ष दिनेश डिसीले भने आफुहरुले पत्रपत्रिकादेखी अन्य विभिन्न सुचना मार्फत जानकारी गराएको भए पनि भाँजो हाल्ने बहानामा मात्रै केहि असन्तुष्ट निर्देशकहरुले भाँडभैलो मच्चयाउन खोजेको उल्टो आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै उनले कोही व्याक्ति विशेषले चाहँदैमा उही उपर निर्णय नहुने भन्दै समाज आफ्नै शैलीमा विधी र विधानअनुसार नै चलेको र चलिरहने बताए ।

अध्यक्ष डिसीले साधारणसभा स्थगित हुनु र अर्को मितीलाई सारिनुको पछाडी कसैको हार र जीत भएको नसम्झिन सबैलाई आग्रह समेत गरे । अन्तिम समयसम्म पनि आफ्नो उद्देश्य सम्पुर्ण निर्देशकहरुलाई एउटै छातामा राखेर अघी बढ्ने अठोट रहेको उनको जिकिर थियो ।

औपचारिक रुपमा उद्घाटन सत्र समापन भएको घोषणासँगै सल्लाहकार समिती र कार्यसमितीका पदाधीकारीहरुको सल्लाहपछी भदौ ७ गतेसम्मको लागी साधारणसभा स्थगित गरिएको हो । अब भने साधारणसभा नहुन्जेलको लागी सदस्यता नविकरण गर्ने समय थप गरिएको छ ।

२ सय ७० जना साधारण सदस्य रहेको समाजमा जम्मा ६४ जनाको मात्रै सदस्यता नविकरण भए पछी नगर्ने र थाहा नपाएका भनिएका निर्देशकहरुले त्यसको बिरोध गर्दैगर्दा यस्तो अवस्था सृजना भएको थियो । निर्देशकहरु आरोप प्रत्यारोपमा लागेपछी अतिथी बनेर कार्यक्रममा पुगेका चलचित्रकर्मीहरु हलबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu