सर्जक प्रोत्साहनको लागि तीज म्युजिक अवार्ड हुने



teejठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली गीत/संगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत-संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकाशमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं साँस्कृतिक परम्पराले गीत-संगीतलाई मौलीक रुपमा जोगाइराखेको छ ।यस्तै मध्येको एउटा साँस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक साँस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् ।

आजभोली बदलीदो परिस्थितिमा पुरुष स्वर पनि प्राथमिकतामा आउनथालेको छ । भलै यसमा क्रिया-प्रतिक्रिया आएपनि वर्तमान तीज संगीत महिला मात्रैको नरहेर पुरुष स्वरमा पनि गुञ्जीन थालेको छ ।तीजका गीत संगीत साँस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप-प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै बजाज इन्टरटेन्टमेन्टले तीज म्युजिक अवार्ड -०७१ गर्ने भएको छ ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या १०० भन्दा पनि माथि छ । तर यी गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहन बाट वञ्चीत छन् । यस अवस्थालाई मध्यनजर गर्दै सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा/सर्जकले उत्साहित हुने मौका पाउन भन्ने ध्येयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।तीज म्युजीक अवार्ड -०७१ आगामी तीजका अवसरमा भाद्र ९ गते एक भव्य कार्यक्रमको आयोजना गरि सम्पन्न गरिनेछ ।

उक्त अवसरमा तीजको साँस्कृतिक प्रस्तुति सहित सहभागीलाई दर खुवाएर रिति एवं परम्पराको सम्मान गर्दै कार्यक्रमलाई मौलिक एवं भव्य बनाइनेछ ।अवार्डमा सहभागी हुनको निमित्त तीजका गीतका श्रष्टाहरुले उत्कृष्ट गीत, गायीका, गायक, भाका, शब्द, एरेञ्जर, भिडियो निर्देशक, मोडल (महिला+पुरुष), छायाँकार, सम्पादक विधामा आफ्नो गीतलाई श्रावण मसान्त भित्र दर्ता गरिसक्नु पर्ने छ । यी ११ विधा सहित पब्लिक च्वाईस अवार्ड समेत उक्त अवसरमा प्रदान गरीनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu