२०१२ मा अक्षय कुमार र सोनाक्षी सिन्हा अभिनित हिट चलचित्र ‘राउडी राठौर’को सिक्वेल बन्ने भएको छ । सिक्वेलमा भने सोनाक्षी देखिने छैनन् । यद्यपी अहिलेसम्म चलचित्र युनिटले अर्की नायिकाको टुंगो लगाईसकेको छैन ।
चलचित्र नजिकको सुत्रका अनुसार सिक्वेलको तयारीमा निर्माण युनिट लागिसकेको छ । सोनाक्षी चलचित्रमा नहुनुमा उनले समय मिलाउन नसकेको बुझिएको छ । निर्माताले अक्षयको जोडी मिलाउन नयाँ अनुहार खोजिरहेको बताईएको छ ।
‘राउडी राठौर २’ लाई पनि प्रभु देवाले नै निर्देशन गर्दैछन् ।