ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिका सुस्मा कार्कीले पुनः व्वायफ्रेण्डको कुटाई खाएकी छिन् । मंगलबार काठमाण्डौ, पुतलीसडकको एक रेष्टुरेण्टमा खाजा खान पुगेका सुस्मा र निरनबीच केहिबेरको झगडापछि कुटाकुट नै भएको बताईएको छ । सुस्मालाई कुटेर निरन बाहिरिएका थिए ।
सुस्मा सामान्य घाईते भएकी छिन् । लिभिङ् टुगेदरमा रहेका उनीहरुबीच बेला-बेला झगडा भएका खबर आईरहन्छन् । केहि समय अघि छुट्टिएका यिनीहरुको पुनः मिलन भएको थियो । यसअघि पनि यि दुईबीच धरानमा कुटाकुट भएको थियो ।