पत्रकार सम्मेलनमा यसरी नाचिन् नीता | भिडियो सहित



neeta

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायिका नीता ढुंगानाको नृत्यले चलचित्र ‘भूल भुलैया’को पत्रकार सम्मेलन रोचक बन्यो । छोटो स्कर्टमा कार्यक्रममा आएकी नीता गीत बज्ने वित्तिकै जुरुक्क उठेर नृत्य गर्न थालिन् । उनलाई नायक सोहित मानन्धरले साथ दिए ।

यो चलचित्रमा डीजिटल प्रविधिको उच्चतम प्रयोग गरिने भनिएको छ । निर्देशक योगेश घिमिरेले कार्यक्रममा भने, ‘नेपाली चलचित्रमा छायांकन र देखाउन मात्र डीजिटलको प्रंयोग भयो । तर ‘भूल भुलैया’ले केही एनिमेशनका दृश्यलाई आकर्षक तबरले देखाउनेछ ।’ नायिका नीता ढुंगानाले चलचित्रमा आफ्नो भूमिका विशेष रहेको बताइन् । उनले ‘भूल भुलैया’ आफ्नो जीवनकै विशेष चलचित्र हुने जानकारी दिइन् ।

bhul-bhulaiya

प्रेमात्मक यो चलचित्रमा दिनेश कुमार पोखरेलको प्रस्तुती, सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहाल निर्माता छन् । निरज ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा शिवम् अधिकारीको लेखन, बनिष शाहको सम्पादन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, राजेन्द्र थापा र स्वप्निल बरालको गीत, बसन्त सापकोटाको संगीत छ । चलचित्रका ३ गीतमा प्रल्हाद तिमिल्सिना, दुर्गा परियार र निर्जला पराजुलीको स्वर छ । चलचित्रको छायांकन साउन १६ गतेबाट सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu