ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सुदुर पश्चिमेली संस्कृतीलाई जोड दिएर तयार वृ्त्तचित्र ‘व्लयाक ईन ब्युटी’को प्रोमो सार्वजनिक गरिएको छ । करिब आधा दर्जनजती डकुमेन्ट्री निर्देशन गरेका कैलाश न्यौपानेले यो वृत्तचित्र तयार पारेका हुन् ।
यो डकुमेन्ट्रीले युवा पुस्तामा पछिल्लो समय बढ्दै गएको बिदेशीने मनोवृतीको विपरित युवाहरुले नेपालमा नै रहेर यहाँकै सभावनाहरुको खोजी गर्ने हो भने भने विकशितको सुचीमा परेका देशहरु भन्दा पछाडी नेपाल नरहेको कुराहरुलाई समेत उल्लेख गरिएको निर्देशक न्यौपानेले ठुलोपर्दा डटकमलाई बताए । ‘व्लयाक ईन ब्युटी’को प्रोमोमा दशकौं देखी नेपाली पत्रकारितामा क्रियाशिल पत्रकार तथा कवि नवराज लम्सालको तथा अमेरिकन पत्रकार तथा लेखिका ‘एमेण्डा समर’को समेत बिशेष भुमिकामा देखिएका छन् ।
‘ब्ल्याक इन ब्यूटी’ आभा ग्रुप प्रा.लि.ले बनाएको हो । यो डकुमेन्ट्रीमा बिशेषतः पश्चिम नेपालका नागरिकहरुको जीवन पद्धती, स्थानिय कला संस्कृती र बाहिर नआएका तर पर्यटनको लागी ठुलो संभावना बोकेका ठाउँहरुलाई जोड्न खोजिएको बताईन्छ ।