ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लक्षणा के.सी.को आधुनिक गीति सङ्ग्रह ‘लक्षणा’ को विमोचन गरिएको छ । सूर्योदय एजुकेसन फाउन्डेसन अन्तर्गत न्यूयोर्क युनिर्भसिटीमा स्नातक तह इन्जिनियरिङ सङ्कायकी दोस्रो वर्षमा अध्ययनरत छात्रा के.सी.को गीति सङ्ग्रह नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख अतिथ्यमा लोकार्पण गरिएको हो ।
समारोहमा गीतकार डा. कृष्णहरि बराल, दुर्गालाल श्रेष्ठ, सन्तोष थपलिया सङ्गीतकारहरु न्ह्यू बज्राचार्य, गैरे सुरेश, अर्जुन पोखरेल वसन्त सापकोटा लगायतका व्यक्तिहरु सहभागी थिए । बिमोचन कार्यक्रममा मन्त्री रिजालले मान्छे आफैंमा भगवान हुन्छ भन्ने गीतले सबैमा मानवीयता भर्ने बताए । ‘देवकोटाको यात्री कविता फेरि एकपटक पुनजागृत भएको आभास हुन्छ । साथै उनको सफल एवम् उत्तरोत्तर प्रगतिको कामना गर्छु’ रिजालले भने ।
यस गीति एल्बममा पाँच गीतहरु सङ्ग्रीहित छन् । ‘लक्षणा’ विक्रीलबापत प्राप्त रोयल्टी सूर्योदय एलुम्नाई एसोसियसन ‘सान’ लाई पनि जाने बताईएको छ ।