आफ्नै कथा गाउँदै एक भए मनोज र अञ्जु



manoj-anjuठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘पानीको फोकाजस्तै भयो हाम्रो माया’ । एक समय यो गीत चर्चामा थियो । स्वर दिएका थिए मनोज राजले । गीतजस्तै मनोजको जीवनमा पनि तरंग आयो । श्रीमती अञ्जु पन्तसँग डिभोर्ष गर्नुपर्‍यो । लामो समयदेखीको मनमुटाव डिभोर्षसम्म पुगेर टुंगियो ।

दाम्पत्य जीवन सफल हुन नसकेतापनि अन्जु र मनोज सांगीतिक जीवनबाट भने टाढिएका छैनन् । हालै मात्र अन्जु र मनोजले युगल गीत गाएका छन् । गीतकार गोविन्दप्रसाद उपाध्यायको नयाँ एल्बम ‘सत्यता २’ मा समावेश ‘कस्तो माया लाइयो हजूर’ बोलको उक्त गीतमा मनोज-अञ्जुको आफ्नै कथा छ ।

यो गीतमा हरि लम्सालले संगीत भरेका छन् । गीत युगल भएपनि अन्जु र मनोजले अलग–अलग दिनमा रेकर्ड गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu