मह स्टुडियोबाट तथास्तु गर्दै सविर



rekha-thapa-tathastu

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सविर श्रेष्ठको निर्माण एवं निर्देशन रहेको नेपाली चलचित्र ‘तथास्तु’को छायांकन सुरु भएको छ । बुढनिलकण्ठ स्थित मह स्टुडियोबाट छायांकन सुरु भएको यो चलचित्रमा रेखा थापा शिर्ष भूमिकामा छिन् ।

भान्छाको सेटमारेखाले पहिलो दिनको पहिलो सट दिइन् । नारी प्रधान बताईएको यो चलचित्रमा रेखा सहित किशोर खतिवडा, सुवास थापा र नवकलाकार विज्ञान जोशीलगायतको अभिनय रहने छ । काठमाण्डौ र कालिञ्चोक गरी ‘तथास्तु’को ३५ दिन छायांकन हुने निर्देशक श्रेष्ठले ठुलोपर्दा डटकमलाई बताए ।

sabir-tathastu
जगदिश्वेर थापाको लेखन रहेको ‘तथास्तु’लाई बाबु श्रेष्ठले खिच्दैछन् ।संगीतकार बसन्त सापकोटा हुन् भने कविराज गहतराज र रामजी लामिछानेले नृत्य निर्देशन गर्नेछन् । माघे संघ्रान्तीमा रिलिजको लक्ष्य राखिएको यो चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu