एउटा साथी पछि काल र अञ्जुली निर्देशनमा सुवेदी



kaal-announce

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फुलपातीको दिन ‘एउटा साथी’ रिलिजको लागि तयार बनाएका निर्देशक लक्ष्मण सुवेदीले एकसाथ दुई प्रोजेक्ट मुहर्त गरेका छन् । ‘काल’ नामक चलचित्र तथा ‘अञ्जुली’ नामक टेलिचलचित्रको सोमवार राजधानीमा शुभसाइत गरिएको हो ।

चलचित्र विकास बोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता, चलचित्र निर्माता संघ अध्यक्ष राजकुमार राई, द्वन्द्व कलाकार संघ अध्यक्ष योगेन्द्र श्रेष्ठ लगाएतको उपस्थितीमा शुभसाइत गरिएको हो । पहिलो चलचित्र निर्देशन सके लगत्तै अर्को पाउनुमा आफुलाई खूशी लागेको सुवेदीको भनाई छ । ‘काल’ पाख्रिन फिल्मस्को प्रस्तुतीमा काले पोखरा र डिवी कार्कीको संयुक्त लगानीमा बन्नेछ । छायाँकार सुमन तण्डुकार रहनेछन् भने कलाकार भने खुलाईएको छैन । भदौ दोश्रो साताबाट ‘काल’ फ्लोरमा जानेछ ।

त्यस्तै, निर शाह, लक्ष्मी गिरी, केशव भट्टराई, आयुस्मान कार्की, सोम लामा लगाएतका कलाकारले अभिनय गर्ने टेलिचलचित्र ‘अञ्जुली’ ‘काल’ अगाडी नै छायांकन हुने बताईएको छ । दशैँ तिहारको बीचबाट ‘अञ्जुली’ प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu