परेड खेलेपछि ख्याति थप हुने बिश्वासमा पुण्टे संयम



samyam-puri

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फिल्म मेकिङ् र निर्देशनमा रुचि राख्ने संयम पुरी नेपाली चलचित्रला हटकेक हुन् । आफ्नै पिता नारायण पुरीले निर्देशन गरेको चलचित्र आगोबाट कलाकारिता सुरु गरेका संयमले आफ्नो मान्छे, दोमन, आफ्नो घर आफ्नै मान्छे, मेरो हजुर, कर्तव्य, मन मेरो मान्दैन, हामी तीन भाई, धर्मपुत्र   अल्पविराममा बाल कलाकारको रुपमा देखिएका थिए । सुनिल रावलको सायद बाट लिड रोलमा प्रवेश गरेका संयम यतिबेला पुण्टे परेडबाट चर्चामा छन् ।

लिड रोलमा पुण्टे परेड दोश्रो चलचित्र हो । चलचित्रको प्रोमो तथा पोष्टरमा विभिन्न रुपमा देखिएका संयमले सायदबाट कमाएको ख्यातिलाई थप गर्ने शिलशिलामा छन् । सुवास कोइराला निर्देशित यो चलचित्रमा संयम सहित नयाँ कलाकार एन्जिला दाहाल  अपोजिट क्यारेक्टर (पुन्टी) को रुपमा देखिने छिन् ।

punte-pared-1

ब्लोका जोनी दीप साथै रकस्टारका रणवीर कपूर जस्तै आफुलाई दह्रो तुल्याउने सपना बोकेका संयमलाई पुण्टे परेडले गतिलै साथ दिने बिश्वास लिएका छन् । चौध चलचित्रमा काम गरिसकेका संयम आँफैमा प्लस टु भर्खर सकेका विद्यार्थी हुन् । पुन्टे परेड पनि यहि जेनेरेशनको कथा बोल्ने बताईन्छ, जसका कारण संयमको लोकप्रियता बढ्ने देखिन्छ ।

punte-pared-2

पुन्टे परेड श्रावण २ गते बाट प्रदर्शनमा आउँदैछ । फिल्म भित्र संयम चुलबुले पात्रको रुपमा देखिएका छन् । यस अघि अपवाद सोसल ड्रामा तथा आवरण सस्पेन्स र थ्रिलर फिल्म निर्देशन गरिसकेका कोइरालाले यसमा भने विशुद्ध मनोरञ्जन पस्केको बताउँछन् । कमेडी फिल्म पुन्टे परेड  हेरे पछि दर्शकले आफ्नो टिनएज सम्झने निर्देशक कोइरालाको भनाइ छ । संयम र एन्जिला बाहेक चलचित्रमा निलु डोमा शेर्पा, रबिन्द्र खड्का, गीता अधिकारी, स्वेता थापाको अभिनय रहेको छ भने बिशेष भूमिकामा प्रियंका कार्की पनि देखिदै छिन ।


प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu