११ बर्षिया तेरियाले जितिन डिआइडी लिटल मास्टर्सको उपाधी



teriya

[dropcap]रु[/dropcap]पन्देहीकी ११ बर्षिया तेरिया फौजा मगरले भारतीय टेलिभिजन च्यानल जिटिभीबाट प्रसारित डिआइडी लिटल मास्टर्सको उपाधी जितेकी छिन् । उक्त नृत्य प्रतियोगितामा ४० हजार प्रतियोगीलाई पछि पार्दै तेरियाले उपाधि जित्न सफल भएकी हुन् ।

अन्तिम चार प्रतिष्पर्धी अनुष्का, हार्दिक र सदविनलाई पछि पार्दै तेरिया डिआइडी लिटल मास्टर्स च्याम्पियन बनिन् । तेरियाले ५० लाख भारु सहित कार र अन्य पुरस्कार प्राप्त गरेकी छिन् । वैदेशिक रोजगारीको लागि दुबई रहेका तेरियाका पिता पनि फाइनलमा सहभागि भएका थिए ।

बागेश्वरी संगीतालय बुटवलमा ५ वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुर पिस ल्याण्ड भूपू सैनिक स्कुलमा कक्षा ५ मा पढ्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu