पैसाको लागी जीवन लुईंटेल जे गर्न पनि तयार ? |भिडियो



jeewan-luitel

ठुलोपर्दा डटकम, काठमाडौं ।
नायक जीवन लुईटेललाई पैसाको लागी जे पनि तयार हुने व्याक्तिको आरोप लागेको छ । तर यो आरोप उनको यथार्थ जीवनमा भने होईन् । हो त चलचित्र ‘शीशा’ भित्रको घटनाक्रममा । शनिवार सार्वजनिक यो चलचित्रको नयाँ प्रोमोमा जीवनलाई पैसाको लागी जे पनि गर्न तयार हुने भन्ने आरोप लगाईएको छ । प्रोमोले चलचित्र भित्र समावेश प्रमुख घटना क्रमलाई समेटेको छ ।

नायक जीवनको चलचित्र क्षेत्रको डेब्यु चलचित्र ‘शीशा’लाई आर. वि. के. शरदले निर्देशन गरेका छन् । यो चलचित्रमा जीवनसँगै उमा बेबी नायिकाको रुपमा लिड रोलमा छन् । भने रागिनी खड्गी, शान्ती गिरी, दिपेश भण्डारी लगायतका कलाकारहरु पनि अभिनयमा छन् । चलचित्र ननस्टप क्रियशनको व्यानरमा तयार भएको हो । चलचित्रमा महेश ढुङ्गाना, मधुसुदन ढकाल र अजिता सुमार्गीको लगानी छ ।

प्रोमो हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu