विश्व संगीत दिवस विविध कार्यक्रम गरी मनाइँदै



World-Music-Day-jpgठुलोपर्दा डटकम, काठमाडौं । आज विश्व संगीत दिवस, नेपालमा पनि गीत तथा संगीत संबद्ध संस्था तथा व्याक्तीहरुले विभिन्न कार्यक्रम गरि मनाउँदैछन् । नेपाल सांगीतिक संघको अगुवाईमा नेपालमा यो दिवस मनाइदै आएको छ । संघले आज विविध कार्यक्रम गरी दिवस मनाउन लागेको सचिव सन्तोष श्रेष्ठले बताए ।

काठमाडौंको सिभिल ट्रेड सेन्टरमा भव्य कार्यक्रममा साथ दिवस मनाउने तयारी भएको श्रेष्ठले जानकारी दिए । झण्डै ४० जना कलाकारले आफ्नो प्रस्तुति देखाउने छन् । साथै दिवशकै अवसरमा संघले गीतकार रत्नशमसेर थापा, संगीतकार दीपक जंगम, गायिका मीरा राणा, बाद्यबादक नर्वु छिरिङलाई सम्मान गर्ने भएको छ ।

भने विश्वभर नै यो दिवसको अवसरमा विविध कार्यक्रमहरु हुँदैछन् । फ्रान्सदेखि मनाउन सुरु भएको यो दिवस संसारभर एकैचोटी मनाइँदै आईएको छ । सन् १९८२देखि अनौपचारिक रुपमा यो दिवश मनाउन सुरु गरिएको थियो । पछि सन् १९८७ देखि औपचारिक तवरले संगीत दिवस मनाउने गरिएको हो । नेपालमा भने धेरैपछि आएर मात्रै विश्व संगीत दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu