गायिका पोखरेलद्वारा कलाकारको उज्ज्वल भबिष्यको लागि केश मुण्डन



manisha-Pokhrel

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली पार्श्व गायिका मनिषा पोखरेलले कलाकारको उज्ज्वल भबिष्यको लागि भन्दै आफ्नो केश मुण्डन गरेकी छिन् । ‘यो मेरो केश मुण्डन देशमा शान्ति र सम्पूर्ण कलाकार प्रति समर्पित गरेकी हुँ’ ठुलोपर्दा डटकमसँग कुरा गर्दै उनले भनिन् ।

‘धेरै दिनदेखी म एउटै सोचमा रहन्थेँ कि हाम्रो देशको परिस्थिती र हामी सम्पूर्ण कलाकारहरुको जीवनशैली सम्वृद्द होला भनेर । राज्यले कलाकारलाई राष्ट्रको गहना त भन्छ तर खै त गहनाको मुल्य ?’ राज्यलाई प्रश्न सोध्दै उनले भनेकी छिन्, ‘थोरै पारिश्रमिकको भरमा पनि हामी जस्ता कतिले आफ्नो जीवन नै यसमा समर्पण गरेका छौँ तैपनि चित्त बुझाएर बसेको उदाहरण छ । अनि हाम्रो अन्त्यकाल पनि सदा दुखदायी हुनेगर्छ । आम जनताको त कुरै नगरौँ हामी बीचमै पनि कतिलाई थाहा हुँदैन’ ।

केहि हिन्दी गीत समेर गाएकी पोखरेलले भारतबाट फर्केको केहि समयपछि केश मुण्डन गर्दै विरोध जनाएकी हुन् । ‘हो मैले विदेशी संगीत बजारमा आफ्नो आवाज दिएर आएपनि त्यहाँको व्यबस्थापन केहि हद सम्म देखेतापनि म भन्न चाहनछु कि अर्काकी आमा जतिसुकै सुन्दरी भएपनि सबैलाई आफ्नी आमा नै प्यारो लाग्छ, आफ्नै आमाको चिन्ता हुन्छ’ भारतको संगीत बजार सम्झँदै उनले भनिन् ।

उनको यो कदमलाई संगीतकर्मीबाट समर्थन गरिएको छ । त्यस्तै कलाकारिताको सम्पूर्ण विधाले उनको यो कदमलाई महान कार्य भन्दै समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu