गजल सम्राट स्व. जगजित सिंहको गीत ‘कथा’को भिडियो आउँदै



samyog-video

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भारतिय संगीतको इतिहासमा पहिलो पटक डिजिटल मल्टि ट्रयाकमा गीत रेकर्ड गराएका प्रसिद्द आधुनिक तथा गजल गायक ‘गजल सम्राट’ स्व. जगजित सिंह आज पनि संगीत पारखीका ढुकढुकी हुन् । पार्थिव शरिरको अन्त्य भएपनि उनका कालजयी गीत तथा गजल कहिल्यै नमेटिने ‘अमर’ बनेका छन् ।

जगजितले २०६५ सालतिर एक नेपाली एल्बममा सोलो आवाज दिएका थिए । संगीतकार आलोक श्रीको संगीत तथा गीतकार जे.बि. संगयोगीका शब्दमा ‘संयोग’ नामक एल्बममा दशवटा गीतमा उनले स्वर दिएका थिए । नेपाली संगीतको इतिहासमा यो एल्बम नै जगजितको पहिलो र अन्तिम हो ।

७० बर्षको उमेरमा ‘ब्रेन ह्यामरेज’बाट निधन भएका जगजितको सोहि नेपाली एल्बममा समावेश दुई गीत ‘कुन माया सदर भो …’ र ‘झुल्केको घाम …’ लाई दृश्यांकन गरिसकिएको थियो । हालै मात्र अर्को गीत ‘कथा’को भिडियो छायांकन गरिएको छ । दिपेन्द्र के.सी.को निर्देशनमा तयार हुँदै गरेको उक्त भिडियोमा अच्युत पोखरेल र श्रृष्टी गिरीले अभिनय गरेका छन् । गोदावरी र बसन्तपुरमा छायांकन भएको सो भिडियोलाई रोशन श्रेष्ठले खिचेका छन् भने प्रविन श्रेष्ठले सम्पादन गरिरहेका छन् ।

स्व. जगजित सिंहले भारतको तेश्रो ठुलो सम्मान पद्म भुषण अवार्ड समेत पाएका थिए । भारतका सयौँ चलचित्र तथा उर्दु, पञ्जाबी, गुजराती लगाएतका भाषामा समेत गीत गाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu