‘मिसन फोर ट्वान्टी’ प्रदर्शनमा



mission-4-twenty

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नारी हिंसाका विभिन्न पाटोहरुलाई जोडेर तयार भएको चलचित्र ‘मिसन फोर ट्वान्टी’ रिलिज भएको छ । यो चलचित्र देशैभर प्रदर्शनमा आएको हो । कुमार बिष्टले लगानी गरेको यो चलचित्र दयाराम दाहालको निर्देशनमा तयार भएको छ ।

‘मिसन फोर ट्वान्टी’मा सुमन सिंह, सुनिल थापा, राजाराम पौड्याल, रबिन्द्र खड्का, निर्मल शर्मा, महिमा शिलवाल, उत्तम केसी, कृष्टी पौडेल लगायतका कलाकारहरु अभिनयमा छन् ।

ओम प्रतिकको कथामा तयार यो चलचित्रलाई श्याम रायमाझीले खिचेका हुन् । चलचित्रलाई काठमाडौंमा गोपाल कायस्थले र उपत्यका बाहिर ‘एफ डी कम्पनी’ले वितरणको जिम्मा लिएको छ । सञ्चारकर्मीको अनुभव सँगाल्दै चलचित्र निर्माता बन्न पुगेका बिष्टले चलचित्र कस्तो बनाएका छन् भन्ने कुरा भने असार ६ पछि नै थाहा हुनेछ ।

त्यस्तै शिव घिमिरे निर्देशित चलचित्र ‘कस्तो टेन्शन’ पनि देशैभर प्रदर्शनमा आएको छ । राज क्षितिज, मोनिका दाहाल, बिनिता घिमिरे, आनन्द पुन लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu