गायक राजेश पायल राईबारे विद्यालयमा पठनपाठन सुरु



rajesh-payal-rai-in-concert

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यसै शैक्षिक सत्रदेखी नेपाली गायक राजेश पायल राईबारे कक्षा सातको अंग्रेजी व्याकरणमा ‍पठनपाठन सुरु भएको छ । नेपाली सुगम संगीत तथा पार्श्र्व गायनमा कहलिएका ‘राई इज किङ्’को डेढ दशक लामो गायक यात्रालाई जनाउँदै विद्यार्थीलाई उनि र उनको गायनबारे जानकारीसहितको पाठ्यक्रममा उल्लेख गरिएको छ ।

पाठ्यक्रममा २० अगष्टमा जन्मिएका राईले २०४७ सालबाट गायनमा देखिएका र कक्षा दशमा अध्ययन गर्दा-गर्दै पहिलो गीत ‘सम्झनाको कुरा नगर’ रेकर्ड गराएको उल्लेख गरिएको छ । अविभावक, साथीभाई तथा सहपाठीबाट प्रेरित राईले दश सोलो एल्बम सहित १८ सय गीतमा स्वर दिएको उल्लेख गरिएको छ ।

rai-is-king-class-7

गायक राजेश पायल राईले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘क्लास 7 को ग्रामर मा मेरो बारेमा पढाई हुन थालेकोमा म अत्यन्त खुशी छु र यो खुशी सम्पूर्ण मेरा शुभचिन्तक आफन्त र नेपाली संगीतलाई माया गर्नेमा समर्पन गर्न चाहान्छु अनी नेपाल सरकार र शिक्षा मन्त्रालय प्रती आभारी छु (जस्ताको त्यस्तै साभार)’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu