आलोक र पुजा अँगालोमा ?



Aalok-pooja

ठुलोपर्दा डटकम, काठमाडौँ ।
मंगलवार राजधानीमा चलचित्र ‘अझै पनि’को इन्डक्ल्याप पार्टी थियो । पार्टी चल्दै थियो सबै जना आफ्नै आफ्नै ग्रुपमा गफिन मस्त थिए तर सोही समयमा स्टेजतिर भने चलचित्रका निर्देशक आलोक नेम्वाङले नायिका पुजा शर्मालाई अंगालोमा राख्दै गरेको दृश्यले सबैको ध्यान तान्यो । आलोकले पुजालाई ‘कसरी बस्छ पिरती माया लगाई हेर …’ भन्दै थिए ।

यहाँ निर्देशक आलोकले नायिका पुजालाई साच्चिकै रुपमा पिरती बसाल्ने कुरा सिकाउदै भने थिएनन्, थिए त चलचित्र भित्र नै समावेश ‘कसरि बस्छ पिरती माया लगाई हेर…. बोलको गीतमा नृत्य प्रस्तुत गर्दै ।

Aalok-pooja1

४५ दिनमा सुटिङ्ग सकाएको यो चलचित्र ‘अझै पनि’ले माया प्रेमकै कथा बोल्नेछ । सुदर्शन थापा र पुजा शर्मा लिड रोलमा अभिनयमा रहेको यो चलचित्रलाई छिट्टै नै पोष्ट प्रोडक्श्नमा लगेर वर्ष २०७१ भित्रै प्रदर्शनमा लैजाने सोच निर्माण युनिटले लिएको छ ।

यो चलचित्रमा पुनम गौतम र सुदर्शन थापाको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu