वलिउड ‘बादशाह’ शाहरुख खानका माइक्रोब्लगिङ् साइट ‘टविटर’मा ८० लाख फलोअर पुगेका छन् । ‘चेन्नई एक्सप्रेस’ स्टार, जो हालै संसारकै दोश्रो धनी कलाकारमा गनिएका छन् उनै शाहरुखले अमिताभ वच्चनलाई भने ट्विटरमा जितेका छैनन् । अमिताभ ९० लाख फलोअरका धनी छन् ।
अन्य स्टारहरु आमिर खानका ७१ लाख सात हजार त्यस्तै सलमान खानका ७१ लाख आठ हजार फलोअर छन् । ४८ बर्षिया शाहरुखले आफ्नो ट्विटरमा दिनहुँका आफ्ना विचार, शुटिङ् तस्विरहरु लगाएतका अपलोड गर्ने गर्छन् ।