रात्रिभोज दिँदै ‘अझै पनि’ छायांकन समाप्त



ajhai-pani-eldclap

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘अझै पनि’को ईन्डकल्याप भएको छ । चलचित्रको निर्माण युनिटले मंगलवार विभिन्न चलचित्रकर्मी तथा सञ्चारकर्मीहरुलाई आमन्त्रण गर्दै राजधानीको एक रेष्टुरेन्टमा ‘रात्री भोज’ सहितको ईन्डकल्याप पार्टी समेत दिएको थियो । सुरु गरिएको ४५ दिनमा यो चलचित्रको छायांकनको सम्पुर्ण काम सकिएको हो ।

ajhai-pani-eldclap1
चलचित्र ‘कोही मेरो’ पछी आराम गरेका निर्देशक आलोक नेम्वाङ्को पाँच बर्षपछीको कम्ब्याकमा तयार हुँदै गरेको यो चलचित्रमा निर्माता तथा निर्देशक सुदर्शन थापा नायकको रुपमा छन् भने उनको अपोजिटमा नायिका पुजा शर्माले अभिनय गरेकी छिन् । चलचित्र ‘अझै पनि’मा यी दुई कलाकारसँगै बिजय लामा, बिशाल ढूङ्गाना, सुरक्षा पन्त, रामशरण पाठक, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, पुष्प खड्का लगायतका कलाकारहरु अभिनयमा छन् ।

ajhai-pani-eldclap2
‘चलचित्रको छायांकनको क्रममा निकै नै मेहनत गर्दै जतिसक्दो राम्रो गर्ने प्रयास गरेका छौं’ कार्यक्रममा निर्देशक नेम्वाङ्ले भने । चलचित्रमा विशेषतः ग्रामिण भेगका दृश्यहरुलाई प्राथमिकता दिईएको छ । राजेश श्रेष्ठले खिचेको ‘अझै पनि’मा नायक तथा निर्माता सुदर्शन सँगै पुनम गौतमको लगानी छ । चलचित्रमा संगीत भने महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटी लगायतले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu