डिस्कोमा देखिए हर्षिका र विक्की | भिडियो



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लामो समयको नृत्य निर्देशन पछी सफल नृत्य निर्देशकको उपमा पाएका गोविन्द राईले पहिलोपटक निर्देशन गरेको नेपाली चलचित्र ‘नागबेली’को डिस्को गीत सार्वजनिक भएको छ । असार २७ गते बाट देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रलाई पत्रकार तथा समिक्षक दिपेन्द्र लामा लेखेका हुन् ।

‘नागबेली’को डिस्को गीतमा विक्की मल्ल र हर्शिका श्रेष्ठ लाई देखाईएको छ । चलचित्रमा विक्की र हर्षिकाको साथमा यशराज, सुरबी जैन बिष्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘नागबेली’ले युवावर्गको जीवनमा आउने विभिन्न घुम्तीहरुका अनेकन पाटोहरुलाई समेटेको निर्माण युनिटले जानेको छ ।

naagbeli (1)

रामशरण उप्रेतीको छायाँकन एवं विवि अनुरागी र शितल मोक्तानको संगीत रहेको यो चलचित्रमा द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको रहेको छ । ‘नागबेली’मा रोमीयन चेम्जोङको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu