मिस नेपाल एक हप्ता चलेपछि फन्टुस घोषणा



miss-nepal

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
एक हप्ता राम्रोसँग चलेको भन्दै चलचित्र ‘मिस नेपाल’की नायिका तथा निर्माता शुभेच्छा थापाले नयाँ फिल्म घोषणा गरेकी छिन् । सोमवार साँझ राजधानीमा पार्टी दिँदै थापाले ‘फन्टुस’ नामक चलचित्र बनाउने घोषणा गरिन् ।

‘मिस नेपाल सफल भयो की भएन मलाई थाहा छैन, यो त सञ्चारकर्मी साथीहरुलाई नै थाहा छ तर एक हप्ताको सफलताले मलाई नयाँ चलचित्र बनाउने आँट दियो’ हर्षित मुद्रामा थापाले भनिन् । ‘फन्टुस’लाई राजु गिरीले निर्देशन गर्दैछन् । यो चलचित्र शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने छ ।

अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व र मुकेश हुमागाइको छायांकन हुने ‘फन्टुस’मा शुभेच्छा बाहेक हन्य कलाकार छनौट भएको छैन । फन्टुस कमेडी चलचित्र बन्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu