बेलायतबाट नेपालमा एल्बम, तेनहाङको ‘सानु’ विमोचन



saanu

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बेलायतमा रहेका संगीतकार तेनहाङ राइको आधुनिक गीति एल्बम ‘सानु’ विमोचन गरिएको छ । हार्दिक मिडियाको प्रस्तुतिमा बजारमा आएको उक्त एल्बम सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । सोहि अवसरमा उक्त एल्बममा समावेश ‘मेरा इन्द्रधनुषी सपना …’ बोलको गीतको भिडियो समेत सार्वजनिक भएको थियो ।

नेपाल संगीत निर्देशक संघका अध्यक्ष लक्ष्मण शेषको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संगीतकार आलोक श्री, चलचित्रका लेखक/निर्देशक ओम प्रतिक, गायक शिव परियार, मनोज राज, गायिका प्रविशा अधिकारी, संगीतकार विकास चौधरी लगाएतको उपस्थिती थियो ।

एल्वम ‘सानु’मा सात गीत समावेश गरिएको छ । राजेश बिद्रोहिका शव्दमा राजेश पायल राई, रामकृष्ण ढकाल, शिव परियार, प्रविशा अधिकारी, मनोज राज र दिपक लिम्वुले स्वर दिएका छन् । त्यस्तै अनन्त घिमिरेका शब्द रहेको एक गीतमा विकाश चौधरीले स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu