नारी हिंसाका विभिन्न पाटोमा ‘मिसन फोर ट्वान्टी’



mission-4-twenty

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
एउटै समाजमा जन्मेकी अनि हुर्केकी नारी विश्व सुन्दरीबाट परिचित हुन्छ अनि सोही समाजमा जन्मे हुर्केकी नारी चरित्रहिन कहलिन्छ । यसको पछाडी कारण हुन्छ उक्त नारीलाई समाजले हेर्ने दृष्टिकोण । समाजले सानो काममा नै सम्मान गर्दा र प्रोत्साहन दिँदा वाही वाही कमाउने नारी आफ्नो सानो गल्तीबाट नै चरित्रहिन कहलिए बदनाम हुन्छ । यस्तै यस्तै विषयमा आधारित रहेको कहानीलाई अब भने चलचित्रको पर्दामा नै हेर्न पाईने भएको छ ।

नारी हिंसाका विभिन्न पाटोहरुलाई जोडेर तयार भएको चलचित्र ‘मिसन फोर ट्वान्टी’ आउँदो असार ६ गतेबाट प्रदर्शनमा आउने भएको हो । कुमार बिष्टले लगानी गरेको यो चलचित्र दयाराम दाहालको निर्देशनमा तयार भएको छ । चलचित्रमा सुमन सिंह, सुनिल थापा, राजाराम पौड्याल, रबिन्द्र खड्का, निर्मल शर्मा, महिमा शिलवाल, उत्तम केसी, कृष्टी पौडेल लगायतका कलाकारहरु अभिनयमा छन् ।

ओम प्रतिकको कथामा तयार यो चलचित्रलाई श्याम रायमाझीले खिचेका हुन् । चलचित्रलाई काठमाडौंमा गोपाल कायस्थले र उपत्यका बाहिर ‘एफ डी कम्पनी’ले वितरणको जिम्मा लिएको छ । सञ्चारकर्मीको अनुभव सँगाल्दै चलचित्र निर्माता बन्न पुगेका बिष्टले चलचित्र कस्तो बनाएका छन् भन्ने कुरा भने असार ६ पछि नै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu