ओम प्रतिकको यो कस्तो कथा हो ?



yo-katha-ho-timro-mero

ठुलोपर्दा डटकम, काठमाडौँ ।
प्रेम कहानीलाई मुख्य विषय बनाएर तयार चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ आउँदो भदौ १३ गतेबाट अल नेपाल रिलिजको तयारीमा छ । यसअघी नै युट्युव मार्फत सार्वजनिक भएका चलचित्रका गीतहरुबाट राम्रो दर्शक बटुल्न सफल यो चलचित्र प्रदर्शनको लागी सम्पुर्ण तयारी पुरा भएको निर्देशक ओमप्रतिकले ठुलोपर्दालाई बताए ।

सुमन सिंह, रुपा राणा, रिश्ता बस्नेत र रवि कार्कीको मुक्य अभीनय रहेको यो चलचित्रले युवापुस्तामा हुने माया-प्रेमको बिभिन्न क्षणहरुलाई रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको निर्देशक प्रतिकले बताए । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका हुन् ।

‘द फ्रेम क्रियशन प्रा.ली.’ को व्यानरमा तयार यो चलचित्रका निर्माता रमेश प्रजापती हुन भणे कार्यकारी निर्मातामा राम बुढाथोकी रहेका छन् । विकास चौधरिको संगीत रहेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’लाई सुरेश बज्राचार्यले क्यामेरा कैद गरेका छन् । द्वन्द्व रोशन श्रेष्ठको रहेको छ ।

चलचित्रलाई एफ.डी.कम्पनिले वितरणको जिम्मा लिएको छ । पछिल्लो चलचित्र ‘फर्की आउ’बाट आशातित सफलता प्राप्त गर्न नसकेका निर्देशक ओमप्रतिकको यो चलचित्रले दर्शकको साथ कत्तिको पाउँछ त्यो भने हलमा आईसकेपछी नै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu