१ मिनेटका ३६ चलचित्र देखाईयो



60

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पाकिस्तानको ‘मोर्यांगो फिल्मस्’ ले आयोजना गर्दै आएको ६० सेकेण्ड इन्टरनेशनल फिल्म फेस्टिवल अन्तर्गत आईतवार नेपालमा पहिलो पटक विभिन्न देशका चलचित्रहरु देखाईएको छ । काठमाडौंको सिने दि सेफमा चलचित्र सम्वद्ध तथा अन्य क्षेत्रका विभीन्न प्रभुद्ध व्याक्तित्वहरुको माझ विभिन्न २० देशका १ मिनेट लामा ३६ वटा चलचित्रहरु देखाईएको थियो ।

फेस्टिवलमा नेपाल र पाकिस्तान सहित भारत, अमेरिका, नाईजेरिया लगायतका अफ्रिकन तथा युरोपियन देशका चलचित्रहरु समावेश थिए । ‘तपाईँको कथा अव संसारले हेर्नेछ’ भन्ने मुल नारा लिएर नेपालको तर्फबाट ओपन स्पेस नेपालले ६० सेकेण्ड इन्टरनेशनल फिल्म फेस्टिवलको जिम्मेवारी लिएको थियो ।

601

पाकिस्तानको ‘मोर्यांसगो फिल्मस्’ ले आयोजना गर्दै आएको यो फेस्टिवलमा समावेश चलचित्रहरुलाई नेपालमा ‘स्कृनिङ’ गराउन सफल भएपछी कन्ट्रि डाइरेक्टर अब्दुस मियाँले खूसी व्यक्त गर्दै आगामी वर्षहरुमा समेत थप नेपाली चलचित्रहरुलाई द्थान दिनमा सक्दो मेहनत गर्ने बताए ।

द्वन्द्व, प्रजातन्त्र, जातिय सद्भाव, पानी, श्रृजनात्मक, शान्ति, साइन्स फिक्शन, व्यंग्य, वातावरण, देशका रंगहरु, सहिष्णुता आदी विषयहरुमा केन्द्रित रहेर तयार भएका चलचित्रहरु फेस्टिवलमा समावेश थिए । फेस्टिवलको आधिकारीक मिडिया पार्टनर अनलाईन पत्रिका ‘ठुलोपर्दा डटकम’ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu