‘नोभेम्वर रेन’ले पार गर्‍यो एकाउन्न दिन, अब फाईदामा चल्दै



november-rain

ठुलोपर्दा डटकम, काठमाडौं ।
पछिल्लो समय नेपाली चलचित्र बजारमा प्रदर्शनमा आएका चलचित्रहरुमा सफलताको आरोह-अवरोह चलिरहँदा दिनेश राउत निर्देशित चलचित्र ‘नोभेम्वर रेन’ले शनिवारबाट प्रदर्शनको ‘एकाउन्न दिन’ पार गर्न सफल भएको छ । शनिवारबाट ‘५१ औं’ दिन पार गरेको यो चलचित्र काठमाडौंको गोपिकृष्ण हल चावहिल र गुण सिनेमा हल ग्वार्कोमा चलिरहेको छ ।

करोड क्लवमा प्रवेश गरेको यो चलचित्र हेर्नको लागी आजको दिनसम्म पनि दर्शकको साथ मिलिरहेको निर्माण युनिटको दावी छ । पछिल्लो समय लगानी ‘रिकभर’ गर्न समेत चलचित्र निर्माताहरुमा संकट लागिरहेको समयमा प्रदर्शनमा आएको सुवास गिरी निर्मित यो चलचित्रले निर्मातालाई नाफाको स्वाद चखाउन पनि सफल भयो ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ लिड रोलमा छन् । त्यसो त आर्यनले पनि यो चलचित्र ‘नोभेम्वर रेन’मा लगानी गरेका छन् । तीन जना नै कलाकारहरु दर्शकको वाही वाही कमाउन सफल रहँदा यो चलचित्रमा फेसन तथा कस्ट्युम डिजाईनर बोनिका कार्कीको ‘ईन आर्ट फेशन हाउस’ले पनि नायिका छुल्ठिम र नायक आर्यनको ‘ड्रेसअप’का कारण राम्रै चर्चा पायो ।

ताराप्रकाश लिम्वुको संगीतबद्ध यो चलचित्र सुवास इन्टरटेनमेन्ट र आर्यन फिल्मस् प्रा.ली.को व्यानरमा तयार भएको हो । पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रहरुबाट लगानी गरेर आशातित सफलता प्राप्त गर्न नसकेका निर्माता सुवास गिरीलाई र ‘आई एम सरी’ बाट दर्शकले नै सरी भनेपछी चिन्तित बनेका निर्देशक दिनेश राउतलाई भने यो चलचित्रको सफलतासँगै सिने नगरीमा लागिरहनको लागी हौशला मिलेको छ ।

त्यसो त यो चलचित्रले नै घट्दै गरेको नायक आर्यन र नायिका नम्रताको स्टारडमलाई जीवितै राख्नमा समेत सघाएको छ । चलचित्र ‘नोभैम्वर रेनको सफलताले चलचित्रमा लगानी गर्नमा थप हौशला मिलेको भन्दै निर्माता गिरीले छिट्टै नै नयाँ प्रस्तुतीका साथ दर्शकको माझमा आउने ठूलोपर्दा डटकमलाई बताए ।

८० लाख लगानी गर्दा नेपालबाट जम्मा १० लाख मुनाफा भएको भए पनि आफु सन्तुष्ट रहेको बताउँदै गिरीले विदेशका बिभिन्न शहरहरुमा पनि छिट्टै नै चलचित्र प्रदर्शनमा आउन लागेको समेत गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu