[dropcap]ह[/dropcap]लिउड अभिनेता रोबर्ट पैटिंसन एक पटक फेरी बेघर भएका छन् । उनका अनुसार मार्चमा आफ्नो नयाँ फिल्म ‘लाइफ’को शूटिङ्गको लागि टोरन्टो गएका थिए । घर फर्किँदा माता-पिता घरमा आएका थिए । यसकारण नै उनि बेघर बने ।
माता-पिता आउँदा कसरी बेघर भए त रोबर्ट ? ‘फीमेलफर्स्ट डट को डट यूके’का अनुसार टल्क शो ‘जिमी किमेल लाइव’मा पैटिंसनले भने, ‘मैले कसैसँग घर उधारोमा लिएको थिएँ, अभाग्यवश मेरा माता-पिताले मेरो घर उसैसँग किन्नुभयो । म जब टोरन्टोबाट फर्किएँ मलाई घर निकाला गर्नुभयो । यसकारण म फेरी घरबार बिहिन भएँ’ ।
२८ बर्षिय पैंटिसनले यसअघि भनेका थिए कि बर्ष २०१२ मा प्रेमिमा क्रिस्टन स्टीवार्टसँग सम्बन्ध टुटेपछि उनि फुटपाथमा सुतिरहेका थिए ।