‘ठूलि’ गरिमा र जिवनको प्रेमालाप | भिडियो



Garima-jiwan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्र ‘ठूली’को नयाँ गीत सार्वजनिक भएको छ । एभरेष्ट सुर्य बोहरा निर्देशित यो चलचित्रको प्रेममय गीत ‘आरोप छ मलाई …’ सार्वजनिक भएको हो । ‘ठूली’ भाद्र ६ गते रिलिज हुँदैछ ।

अन्जु पन्त र राजेश पायल राईको स्वर रहेको यो गीतमा नायक जिवन लुईँटेल र नायिका गरिमा पन्तलाई देख्न सकिन्छ । संगीत बसन्त सापकोटाको रहेको छ भने गीत रचना निर्देशक स्वयंले गरेका छन् । कोरियोग्राफर बसन्त श्रेष्ठ हुन् ।

नेपाली समाजमा विद्यमान महिलामाथीको दमन र अत्याचारको बिषयमा ‘ठूली’ बनेको बताईएको छ । यसअघि ‘मुटु’ नामक चलचित्र बनाएर सफल भएका निर्देशक बोहराले ‘ठूली’ले नेपाली चलचित्रमा छुट्टै प्रकारको छाप छोड्ने बिश्वास राखेका छन् । यथार्थ घटनामा आधारित यो चलचित्रले महिलामाथीका दमन र आत्याचारको विरुद्ध नारी आवाज सशक्त बनाउन मद्दत गर्ने बताईएको छ ।

यो चलचित्रमा लगानी भने अमेरिकामा बस्दै आएका पुष्कर पन्तको छ । चलचित्रका कार्यकारी निर्माता सुनिल बस्नेत हुन् ।

‘ठूली’मा जिवन लुईँटेल, गरिमा पन्त, विशाल पहाडी, निला बस्नेतको साथमा बाल कलाकार कञ्चन ठकुरीको अभिनय रहेको छ । यो चलचित्रलाई शेर बहादुर लामाले खिचेका छन् ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu